१७ श्रावण २०७८, आईतवार
गृह सरकारलाई सांसद स्नेहीको प्रश्नः अस्मिता बलात्कृत भएकि हुन् कि हत्या भएको हो?(भिडियो)
सरकारलाई सांसद स्नेहीको प्रश्नः अस्मिता बलात्कृत भएकि हुन् कि हत्या भएको हो?(भिडियो)

काठमाडौं। राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेल्धुरामा मृत फेला परेकि स्वास्थ्य कार्यालयकि कर्मचारी अस्मिता धामीको बलात्कारपछि हत्या गरिएको हो वा हत्या गरिएको हो भन्दै प्रश्न गरेका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा स्नेहीले असार २ गते स्वास्थ्य सामाग्रि लिएर जोगबुडा अस्पताल जाने बेलादेखि ४ दिनसम्म बेपत्ता हुनु र शव फेला पर्नु तथा शवको नजिकै मदीराको बोत्तलहरु पनि देखिनुले बलात्कारपछि हत्या भएको हो कि हत्या भएको हो भन्दै प्रश्न गरेका हुन्।


सरकार निकायबाट अस्मितको परिवारलाई कुनैपनि आश्वासन समेत प्राप्त नभएको बताउदै उनले सरकारको ध्यानाकर्षण गराए। अनुसन्धानमा खटिएको छानबिन समितिलाई पनि घटनाको निष्पक्ष छानबिन गर्न स्नेहीले आग्रह गरे।

यस्तै सांसद स्नेहीले अस्मीताका बालकालिकाको निःशुल्क पठनपाठन र परिवारलाई धान्नेगरि राहात उपलब्ध गराउन समेत सरकार समक्ष आग्रह गरे।

 

Facebook Comments

हरेक खबर खास खबर