१७ श्रावण २०७८, आईतवार
गृह संसद विघटन मुद्दाको बहस सकियोः असार २८ मा फैसला आउने
संसद विघटन मुद्दाको बहस सकियोः असार २८ मा फैसला आउने

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ। अब संवैधानिक इजलास असार २८ गते बस्नेछ।

सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा २८ गतेका लागि पेशी तोकेका छन्। मुद्दाको फैसला असार २८ मा गर्ने छ ।


प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन्।

सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिए। निवेदक तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिएका थिए।

जवाफी बहसपछि एमिकस क्युरीबाट बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर