३ कार्तिक २०७८, बुधबार
गृह विवाद समाधानका लागि बसेको एमाले कार्यदल बैठक सकारात्मक
विवाद समाधानका लागि बसेको एमाले कार्यदल बैठक सकारात्मक

काठमाडौं। नेकपा एमालेको विवाद समाधानको प्रयास स्वरुप सोमबार बसेको कार्यदलको बैठक सकारात्मक बनेको नेताहरुले बताएका छन्।

सिंहदरबारमा सम्पन्न कार्यदलको बैठक विगतको समीक्षा गर्दै भोलि पुनः बस्नेगरी सकिएको बताईएको छ।


बैठकपछि माधव नेपाल निकट एक नेताले बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै भोलि १ बजे पुनः बैठक बस्ने निर्णय भएको हो।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा सदस्यहरू विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन्।

यस्तै माधव नेपाल पक्षबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन्।

बैठकपछि नेता भीम रावलले कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्नेबारे भोलिदेखि थप घनीभूत छलफल हुने बताए।

Facebook Comments

हरेक खबर खास खबर