२२ मंसिर २०७८, बुधबार
गृह एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति?
एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति?

काठमाडौं। नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बठक आज बस्दैछ।

दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने बैठकमा पार्टी एकताा भरपुर सम्भावना खोजेर छलफल गरिने कार्यदलका एक सदस्यले बताए।


एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनस् ब्युँतिएको हो। कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो। बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन्।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन्।

यसअघि सोमबार राती पनि कार्यदलको बैठक बसेको थियो ।सोमबार बसेको कार्यदलको बैठक सकारात्मक रहेको बताईएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर