२० श्रावण २०७८, बुधबार
गृह हृदयघातका कारण वडाध्यक्षको निधन
हृदयघातका कारण वडाध्यक्षको निधन

मनाङमा एकजना वडाअध्यक्षको निधन भएको छ। जिल्लाको नासों गाउँपालिका–५ का वडाअध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको हो।

५० वर्षीय वडाअध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो। नासो गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो।


सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटलमा हृदयघात भएपछि उपचारको लागि उनलाई जिल्ला अस्पताल लमजुङ लगिएको थियो। उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार बिहान ११:५५ मृत घोषणा गरेको हो।

वडाध्यक्ष पुनेलका आमा, श्रीमती र पाँच छोरा छन्।

Facebook Comments

हरेक खबर खास खबर