१७ श्रावण २०७८, आईतवार
गृह प्रधानमन्त्री ओली लगायत शिर्ष नेताहरु चिनियाँ राष्ट्रपति सी को सम्बोधनमा सहभागी हुँदै
प्रधानमन्त्री ओली लगायत शिर्ष नेताहरु चिनियाँ राष्ट्रपति सी को सम्बोधनमा सहभागी हुँदै

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक शताब्दी पुगेको केपी शर्मा ओली सहित शिर्षस्त नेताहरु सहभागी हुने भएका छन्।

सिपिसीले आज आयोजना गर्न लागेको भर्चुअल सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणालगायतका नेताहरूले सहभागिता जनाउने भएका छन्।


उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले पनि सहभागिता जनाउने र मुख्य वक्ताका आफ्ना भनाइ राख्ने उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागले जानकारी गराएको छ।

‘जनहित र राजनीतिक दलको जिम्मेवारी’ विषयमा हुन लागेको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका पाँच सय नेता र एक हजार प्रतिनिधिले सहभागी जनाउने सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु जाओमिङले सोमबार जानकारी गराएका छन्।

Facebook Comments

हरेक खबर खास खबर