१७ श्रावण २०७८, आईतवार
गृह कालीकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
कालीकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

काठमाडौं। कालीकोटमा जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ। ४ जना घाईते भएका छन्।

जिल्लाको रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटनामा परेको हो।


दुर्घटनामा सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए।

मंगलबार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।जिपमा १४ जना यात्रु सवार थिए।

Facebook Comments

हरेक खबर खास खबर