२० श्रावण २०७८, बुधबार
गृह जसपाका नेताहरुबीच सहमतिको प्रयास गर्न निर्वाचन आयोग, सहमति नभए दाबी पुग्नेलाई आधिकारिकता
जसपाका नेताहरुबीच सहमतिको प्रयास गर्न निर्वाचन आयोग, सहमति नभए दाबी पुग्नेलाई आधिकारिकता

काठमाडौं। जनता समाजवादी पार्टीका नेताहरु बीच सहमतिका लागि अन्तिम पटक निर्वाचन आयोगले आज दुबै पक्षसँग छलफल गर्दैछ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहान ११ बजे जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिए।

अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु हुने प्रवक्ता श्रेष्ठले बताए।


दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा कायमै रहेकाले सहमतिको सम्भावना कमै देखिएको छ। जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच पार्टीको आधिकारिकता सम्बन्धि विवाद छ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने वा नदिने बिषयमा दुईधारमा देखिएको जसपाका दुबै पक्ष एक अर्कालाई कारवाहीको निर्णयपछि निर्वाचन आयोगसम्म पनि पार्टीको आधिकारिकता दावीका लागि पुगेका थिए।

यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर