२० श्रावण २०७८, बुधबार
गृह उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण
उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण

उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीहरुले १ सय ४० विद्यार्थी अपहरणमा परेका छन्।

अफ्रिकाकै निकै आवादी रहेको कादुना राज्यको एक विद्यालयका विद्यार्थीलाई बन्दुकधारीले अपहरण गरेका हुन्। प्रहरीले अपहरणमा परेका विद्यार्थीको उद्धारका लागि बन्दुकधारी समूहको पिछा गरिरहेको बताएको छ।


विद्यालयका सञ्चालक रेभरेन्ड जोन हयाबले २५ विद्यार्थी भागेर उम्किन सफल भएको बताएका छन्। उत्तर पश्चिमी नाइजेरियामा गत डिसेम्बरयता यो दशौँ ठूलो अपहरण हो।

प्रहरीका अनुसार कादुना राज्यको बेथल ब्यापटिष्ट आवसीय विद्यालयमा बन्दुकधारीले रातभर आक्रमण गरेका थिए। आक्रमणपछि विद्यार्थीलाई अपहरण गरी बेपत्ता बनाइएको हो।

बन्दकुधारीहरुले विद्यालयका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर विद्यार्थीलाई बन्दुक देखाई अपहरण गरेको प्रहरीले जनाएको छ

Facebook Comments

हरेक खबर खास खबर