२० श्रावण २०७८, बुधबार
गृह ऐमाले आन्तरीक विवाद समाधानका लागि आज कार्यदलको बैठक बस्दै
ऐमाले आन्तरीक विवाद समाधानका लागि आज कार्यदलको बैठक बस्दै

काठमार्डौ ।एमाले  पा्टीभित्रको आन्तरिक विवाद समाधान गरी सहमति खोज्न गठित कार्यदलको बैठकमा आज सहमतिको मस्यौदामाथि औपचारिक छलफल हुने भएको छ। छलफल संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपाल समूहबाट उपाध्यक्ष भीम रावल संयोजकत्वको कार्यदलको बैठक दिउँसो १ बजेका लागि तोकिएको छ।

आइतवार ओलीले कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलसँग बालुवाटारमा लामो वार्ता गरेका थिए ।पार्टी विवाद हल गरी गत जेठ २ गते गठन भएको कार्यदलमा संस्थापन पक्षका तर्फबाट नेम्वाङसहित उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।नेपाल पक्षबाट रावलसहित घनश्याम भुसाल सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छलफलमा सहभागि हुने भएका छन्।


Facebook Comments

हरेक खबर खास खबर