२० श्रावण २०७८, बुधबार
गृह औपचारिक फुटमा जसपा, को नेता कुन पक्षमा (नामसहित)
औपचारिक फुटमा जसपा, को नेता कुन पक्षमा (नामसहित)

काठमाडौं। जनता समाजवादी पार्टी औपचारिक रुपमै फुटको संघारमा पुगेको छ। पर्टीका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगलाई अहिलेकै अवस्थामा आफूहरू मिल्न नसक्ने भएकाले एउटा पक्षलाई आधिकारिकता दिन आग्रह गरेका छन्।

पार्टीको विवाद र आधिकारिकताबारे छलफल गर्न आयोगले बोलाएर गरेको छलफलमा दुवै पक्षले आफूहरूको धार नै फरक भइसकेको भन्दै अब मिल्न नसकिने बताएका हुन्।


अब मिल्न सक्ने ठाउँ नरहेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै एउटा पक्षलाई आधिकारिकता दिन नेताहरुले माग गरेका हुन् । प्रतिनिधि सभा विघटन र सरकारमा जाने विषयलाई लिएर जसपाभित्र विवाद चर्किएको छ।

प्रतिनिधि सभा विघटन ठिक हो भन्दै महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी भइसकेको छ। उपेन्द्र यादव पक्षले भने ओलीले प्रतिगामी काम गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेको छ।

जसपामा निर्वाचन आयोगमा भएका कार्यकारिणी समितिको नामावलीमा बहुमत उपेन्द्र यादव पक्षधर छन्। महन्थ ठाकुर कार्यकारिणी समितिमा अल्पमतमा छन्। तर, उनले फेरि आफ्नो पक्षमा बहुमत बनाउन कार्यकारिणी समिति सदस्य थपेर अद्यावधिक बनाउन आयोगमा नाम पठाएका छन्।

उपेन्द्र यादवको पक्षमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, नेताहरु अशोक राई, महेन्द्र राय यादव राजेन्द्र श्रेष्ठलगायत छन्।
महन्थ ठाकुरको पक्षमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायत छन्।

कार्यकारिणमा को नेता कुन पक्षमा? 

उपेन्द्र यादव पक्षधर
उपेन्द्र यादव
डा. बाबुराम भट्टराई
अशोककुमार राई
महेन्द्र राय यादव
राजेन्द्र प्रसाद श्रेष्ठ
नवराज सुवेदी
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत
हिसिला यमी
गंगानारायण श्रेष्ठ
रनध्वज लिम्बु
राम सहाय प्रसाद यादव
डम्मर बल्लभ खतिवडा
दान बहादुर विश्वकर्मा
प्रकाश अधिकारी
मोहम्मद ईस्तियाक राई
दुर्गा सोव
परशुराम बस्नेत
प्रशान्त सिंह
भक्तबहादुर शाह
सुशीला श्रेष्ठ
विजयकुमार यादव
राजकुमार लेखी
परशुराम खापुङ्ग
हेमराज राई
मृगेन्द्र कुमार सिंह यादव
नवल किशोर साह
राम नरेश राय यादव

गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्षधर

महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा

Facebook Comments

हरेक खबर खास खबर