२२ मंसिर २०७८, बुधबार
गृह एमाले कार्यदलको बैठक सकियो, भएन ठोस प्रगति
एमाले कार्यदलको बैठक सकियो, भएन ठोस प्रगति

काठमाडौं। नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ। मंगलबारको बैठकमा गम्भीर र सकारात्मक छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले बताए।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विभिन्न असहमतिबारे कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। अहिलेसम्म भइरहेका घटनाक्रमबारे विस्तृतमा छलफल भएको उनले बताए।


यस्तै बैठकपछि प्रतिकृया दिदै नेता भीम रावलले कार्यदल पुनर्जीवित भएको अवस्थामा संगठनात्मक विषयसँग सम्बन्धित विवाद समाधान गर्नेबारे छलफल भएको बताए।

कार्यदलका संयोजक समेत रहेका रावलले तुरुन्तै ठोस निष्कर्षमा नपुगिने बताए। कार्यदलको अर्को बैठक भोलि बिहान साढे आठ बजे बस्नेछ।

यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै आज फेरि बैठक बस्ने निर्णय गरेको थियो।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहनुभएको छ ।

Facebook Comments

हरेक खबर खास खबर