१७ श्रावण २०७८, आईतवार
गृह सुजिता भण्डारी मृत्यु प्रकरणः चितवनमा कफ्र्यु
सुजिता भण्डारी मृत्यु प्रकरणः चितवनमा कफ्र्यु

काठमाडौं। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा कफ्र्यू आदेश जारी गरेको छ।

राप्ती नगरपालिका ३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरूले पूर्व–पश्चिम राजमार्ग बन्द, ढुङ्गामुढा, आगजनीलगायत शान्ति भङ्ग गर्न सक्ने अवस्था भएकाले आज बेलुकी साढे सात बजेदेखि भोलि बेलुकी साढे सात बजेसम्म कफ्र्यु आदेश गरिएको हो।


पूर्व पश्चिम राजमार्गो राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका वडा नं ४ डढुवा सम्मको दायाँ बायाँ ५ सय मिटर भित्र पर्ने क्षेत्रमा कफ्यू जारी गरिएको हो।

यस अवधिमा लामो दुरीका गाडीबाहेक आवातजावत र भेला हुन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले निकालेका विज्ञप्तिमा जनाइएको छ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर आफन्त र सर्वसाधारणले राजमार्ग नै बन्द गरेर प्रदर्शन गर्दै आइरहेका छन्।

प्रशासनले जारी गरेको आदेशमा अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरि एक महिना कैद वा जरिवाना वा दुबै सजाय हुने चेतावनी समेत दिईएको छ।

Facebook Comments

हरेक खबर खास खबर