१७ श्रावण २०७८, आईतवार
गृह ‘द भ्वाइस अफ नेपाल’मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिए, बिजेता छान्ने पालो दर्शकको
‘द भ्वाइस अफ नेपाल’मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिए, बिजेता छान्ने पालो दर्शकको

काठमाडौं। रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएका छन्।

नकआउट राउन्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउन्डका लागि १२ प्रतियोगी चयन गरेका हुन्।


फाइनल भिडन्तका लागि छानिएका १२ मध्येबाट एक विजेता छान्ने अधिकार दर्शकमा दिइएको छ। दर्शकका लागि भोटिङ राउण्ड खुल्ला गर्दै आयोजकले यो अधिकार दिएको हो।

ब्लाइण्ड अडिसनदेखि हालसम्म कसलाई अगाडी बढाउने भन्ने अधिकार कोचलाई थियो। तर, अब भने नितान्त दर्शकको भोटका आधारमा प्रतिस्पर्धी अगाडी बढ्ने आयोजकले जनाएको छ।

प्रतिस्पर्धाको फाइनल भिडन्तमा टीम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली, रवि गहत राज र टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन, जेनिस राई छानिएका छन्।

यस्तै टीम राजुबाट बिजय ठाडामगर, सोनाम शेर्पा, तारा श्रीष र टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई, कर्णराज गिरी छानिएका छन्।

चारवटै टिमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने र एकजना विजेता छानिने प्रतियोगिताको प्रायोजक ओपो रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर