२० श्रावण २०७८, बुधबार
गृह प्राधिकरणको बाग्थला- विजगडा विद्युत प्रशारण सुरू
प्राधिकरणको बाग्थला- विजगडा विद्युत प्रशारण सुरू

बझाङ। नेपाल विद्युत प्राधिकरणले बझाङको बाग्थला- विजगडा विद्युत प्रशारण सुरू गरेको छ । राष्ट्रिय प्रशारणलाईन् अन्तर्गत प्राधिकरणको जिल्ला शाखा बझाङले बाग्थला – विजगडाको निर्माण कार्य सम्पन्न गरेर मंगलबारदेखि प्रशारण सुरू गरेको हो । योसंगै जिल्लाको सबैभन्दा ठूलो स्थानियतह बुङ्गल नगरपालिकामा समेत विद्युत सेवा विस्तार हुने भएको छ ।

नगरपालिकाको बजार क्षेत्र विजगडामा आजदेखि बत्ती बल्न थालेको छ। अब नगरपालिका भित्रका सबैठाउँमा विद्युत सुचारू गरीने नगर प्रमुख धन बहादुर बिष्टले बताए । उनले कोरोना महामारीको कारण लकडाउन भएसंगै प्रशारणमा केही ढिलाई भएपनि आफूले गरेको बाचा पुराहुने बताएका छन्  ।


बझाङको सबैभन्दा ठूलो स्थानीय तह भएपनि विगतदेखि बुङ्गल नगरपालिका विद्युत विहिन अवस्थामा थियो। पहिलो पटक विजुली बलेपछि स्थानीयबासिमा खुसियाली छाएको छ भने पालिकाको दैनिक कार्य संञ्चालनमासमेत सहज हुने अपेक्षा गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर