२० श्रावण २०७८, बुधबार
गृह प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै
प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रले कारवाही गरेका पूर्व माओवादीका नेताहरुले पार्टी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड बिरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएको छ।

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली उजुरी नि जाने भएका हुन्।


पूर्वमाओवादी टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको हो।

त्यसैगरी केहीदिनभित्रै सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्न लागिएको एक नेताले बताए।

Facebook Comments

हरेक खबर खास खबर