२० श्रावण २०७८, बुधबार
गृह सर्वोच्चले शिक्षामन्त्री श्रेष्ठ र रूपा सुनारसहितलाई बोलायो
सर्वोच्चले शिक्षामन्त्री श्रेष्ठ र रूपा सुनारसहितलाई बोलायो

काठमाडौं। सर्वोच्च अदालतले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई बहसका लागि बोलाएको छ।

सुनारले आफूमाथि जातीय विभेद गरेको आरोपमा बबरमहलकी घरबेटी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै मन्त्री श्रेष्ठविरुद्ध रिट दायर गरेकी थिइन्। सोही रिटमा बहस गर्न अदालतले असार २९ गते दुवै पक्षलाई बोलाएको हो।


न्यायाधीश कुमार रेग्मीको इजलासले पेसी तोक्न र विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ बुझाउन पनि भनेको छ।

Facebook Comments

हरेक खबर खास खबर