३ कार्तिक २०७८, बुधबार
गृह भारतमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, १२ मन्त्रीले दिए राजीनामा
भारतमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, १२ मन्त्रीले दिए राजीनामा

कामाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। उनले बुधबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनअघि कम्तीमा १२ जना मन्त्रीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्ष वर्धन, शिक्षामन्त्री रमेश पोख्रियाल निशांक, श्रममन्त्री सन्तोष गांग्वारलगायतका मन्त्री छन्।


यसअघि नै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए। उनले चरणबद्धरुपमा मन्त्रीहरुसँगको भेटघाटलाई तीव्रता दिएका थिए। भरतमा कोरोना भाइरस महामारी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको समयमा प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन्।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बुधबार ४३ नयाँ मन्त्रीहरुले शपथ लिने तयारी गरेका छन्।

Facebook Comments

हरेक खबर खास खबर