२० श्रावण २०७८, बुधबार
गृह हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या

काठमाडौं। हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या भएको छ। बन्दुकधारीहरुलेले निजी निवासमा बसिरहेका राष्ट्रपति मोइजेको हत्या गरेका अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले जानकारी दिएका छन्। घटनामा प्रथम महिला घाइते भएकी छिन् ।

स्थानीय समय अनुसार बुधबार बिहान १ बजे आक्रमण भएको थियो। स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ। आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले बताएका छन्।


प्रधानमन्त्री क्लाउडे जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन्। मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए । आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हाल्दै एक थिए।

भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन। उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो।

यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर