१७ श्रावण २०७८, आईतवार
गृह काठमाडौँमा ६ महिनादेखि रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता
काठमाडौँमा ६ महिनादेखि रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता

काठमाडाै। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनादेखि रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता भएका छन्। दुईवटा एमआई–१७ हेलिकप्टर सोमबार काठमाडौँबाट किर्गिस्तान उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।

दिल्ली जाने क्रममा ‘क्रु रेष्ट’का लागी भनेर काठमाडौँ आएका किर्गिस्तानी हेलिकप्टर जनवरी १ देखी त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरी १ मा हेलिकप्टर बङ्गलादेशबाट काठमाडौँ आइपुगेका थिए।


सुरुमा दुई दिनका लागी अनुमति लिएर पार्किङ गरिएका हेलिकप्टर मर्मतको बहानामा ६ रोकिए।

रसियाको कजान हेलिकप्टरले निर्माण गरेको ती हेलिकप्टर ३० वर्ष पुराना हुन्। पर्यटन मन्त्रालय स्रोतका अनुसार नेपाली हेलिकप्टर कम्पनीलाई बिक्री गर्न सो हेलिकप्टर नेपाल ल्याइएको थियो।

Facebook Comments

हरेक खबर खास खबर