२० श्रावण २०७८, बुधबार
गृह लागुऔषधसहित बीरगञ्‍जबाट एकजना पक्राउ
लागुऔषधसहित बीरगञ्‍जबाट एकजना पक्राउ

पर्सा। पर्सा प्रहरीले लागुऔषधसहित बीरगञ्‍जबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका(८ गहवाका २३ वर्षीय राहुल शाह रहेका छन्।

राहुलमाथि तरकारी हालेको झोला भित्र कालो प्लाष्टिकमा लागु औषध नुर्फिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनारगन १५० गरी जम्मा ४५० एम्पुल फेला परेको प्रहरीको दाबी छ।


पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ९डीएसपी० ओम प्रकाश खनालले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर