२० श्रावण २०७८, बुधबार
गृह सुजिता मृत्यु प्रकरणः चितवनमा थप एक दिन कफ्र्यू थपियो
सुजिता मृत्यु प्रकरणः चितवनमा थप एक दिन कफ्र्यू थपियो

काठमाडौं। चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा थप एक दिन कफ्र्यु थप भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेका हुन्।


आज बेलुका ७ बजेदेखि भोली बेलुका साढे ७ बजेसम्म कफ्र्यू कायम रहने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

कफ्र्यूका बेला भोली बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सर्वसाधारणले दैनिक उपभोग्य सामग्री खरिदरविक्री गर्न पाउने आदेशमा उल्लेख गरिएको छ ।

त्यसका लागि पनि बढीमा तीनजनाको समूहमा मात्रै आवतजावत गर्ने पाउनेछन् ।

भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा मंगलबार प्रहरीसँग झडप भएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर