१७ श्रावण २०७८, आईतवार
गृह यी प्रदेशमा भारी बर्षाको सम्भावना
यी प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी परेको जनाएको छ।

यी प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै पानी परिरहेको छ। काठमाडाैं उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो भने केही ठाउँमा हल्का मात्रै पानी परेको मौसमविद्ले बताएका छन्।


लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै बुढीगण्डकी, त्रिशूली, वाग्मती, मस्र्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेकोशी, दूधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमला लगायतका नदी खोलाहरुमा पनि पानीको बहाव बढेको छ।

नदी, खोला आसपासमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश–१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले जानकारि दिए। यस्तै आज कर्णाली प्रदेशमा पनि हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ।

लगातारको झरीसँगै देशका धेरै नदी तथा खोलामा बाढी आएको छ। यस्तै आज राति वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ सँगै प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताए।

Facebook Comments

हरेक खबर खास खबर