१७ श्रावण २०७८, आईतवार
गृह एमाले कार्यदल बैठकआज पनि बस्दै, आज सहमति हुनसक्ने नेताहरुको दावी
एमाले कार्यदल बैठकआज पनि बस्दै, आज सहमति हुनसक्ने नेताहरुको दावी

काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आजपनि बस्दैछ। बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ।

कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले विहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताए।


उनले बुधबार साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ।

मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए। नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए।

उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ।

माधव नेपाल पक्षका नेताहरुले पनि विवादिन बिषय पनि सहमति नजिक पुगेको दावी गरेका छन्।

Facebook Comments

हरेक खबर खास खबर