२० श्रावण २०७८, बुधबार
गृह लोकसेवा आयोगद्वारा राष्ट्रिय वाणिज्य बैंकका लिखित परीक्षाहरू रद्द
लोकसेवा आयोगद्वारा राष्ट्रिय वाणिज्य बैंकका लिखित परीक्षाहरू रद्द

काठमाडौं। लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका लिखित परीक्षाहरु रद्द गर्ने निर्णय गरेको छ। बैंकले २०७५ साल चैतमा निकालेको विभिन्न विज्ञापन अन्तरगतका सबै लिखित परीक्षाहरु आयोगद्वारा रद्द गर्ने निर्णय भएको हो।

परीक्षा रद्द गर्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। उक्त रिटमाथि सुनुवाए गर्दै सर्वोच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरेको थियो।


२०७७ मंसिर १७ मा सर्वोच्चले दिएको फैसलाको कार्यान्वयन गर्दै आयोगले परीक्षा रद्द गरेको हो ।

अदालतको आदेशपछि यही असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका सबै लिखित परीक्षाहरू रद्द गर्ने निर्णय भएको आयोगद्वारा सूचनामा उल्लेख छ।

Facebook Comments

हरेक खबर खास खबर