२२ मंसिर २०७८, बुधबार
गृह दाङमा पहिरोले घर पुरिँदा ३ महिने शिशुको मृत्यु
दाङमा पहिरोले घर पुरिँदा ३ महिने शिशुको मृत्यु

दाङ। दाङमा पहिरोमा परेर ३ महिने शिशुको मृत्यु भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका–१७ क्वाडीमा आज बिहान आएको पहिरोले घर बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पहिरोले घर बगाउदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तैगरी मनिष स्वयमसहित अन्य २ जना पनि घाइते भएको प्रहरीले बताएको छ।


पहिरोले उनको घर गोठ सबै पुरिएको थियो । घटना पछि प्रहरीले पहिरो पन्छ्याएर शिशुको शव निकालेको हो ।

Facebook Comments

हरेक खबर खास खबर