३ कार्तिक २०७८, बुधबार
गृह हाइटीका राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका गरिएका ४ जना मारिए
हाइटीका राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका गरिएका ४ जना मारिए

एजेन्सी। हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा संलग्न भएको आशंका लागेका ४ व्यक्ति मारिएका छन्। प्रहरीको गोली लागेर उनीहरुको ज्यान गएको हो। त्यस्तै, २ जनालाई भने प्रहरीले पक्राउ गरेको छ।

हाइटी प्रहरीका अनुसार बुधबार राष्ट्रपति मोइसको घरमै भएको हत्यापछि भएको खोजी अभियानको क्रममा घटनामा संलग्न भएको आशंकामा रहेका चारजनाको गोली लागेर मृत्यु भएको हो।


प्रहरीले केही सम्भावित अपराधीको खोजी जारी रहेको अधिकारीहरुले बताएका छन्। प्रहरीले घटनामा संलग्न भएकाहरुलाई त्यसै नछोड्ने बताएका छन्। उनीहरुलाई कि पक्राउ गर्ने कि मार्ने बताएका छन्।

५३ वर्षका राष्ट्रपति मोइसको घरैमा गोली हानी हत्या भएको थियो। घटनामा उनकी श्रीमती समेत घाइते भएकी छिन्।

Facebook Comments

हरेक खबर खास खबर