२२ मंसिर २०७८, बुधबार
गृह एमाले कार्यदलको बैठक एजेन्डामै प्रवेश नगरि सकियो, १० दिनदेखि केही प्रगति नभएको नेता भूषालको भनाई
एमाले कार्यदलको बैठक एजेन्डामै प्रवेश नगरि सकियो, १० दिनदेखि केही प्रगति नभएको नेता भूषालको भनाई

काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक पनि एजेन्डामा प्रवेश नै नगरी बिना निष्कर्ष सकिएको छ।

कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति नभएपछि नेताहरु भोली बस्ने भन्दै बैठक कक्षबाट बाहिरिएका हुन्।


बैठकबाट निस्कँदै संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिएका छन्। ओली पक्षका सुवास नेम्वाङले भोली साढे ११ बजे बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने आशा व्यक्त गरेका छन्।

माधव पक्षका नेता घनश्याम भुषालले चाहिँ १० दिनदेखि केही पनि प्रगति नभएको भन्दै निराशा व्यक्त गरे।

भुषालले १० दिनदेखि जहाँको त्यही रहेको भनि दिएको प्रतिक्रियाका सम्वन्धमा पत्रकारले प्रश्न गर्दा नेम्वाङले त्यो पनि सही भएको बताए।

Facebook Comments

हरेक खबर खास खबर