१७ श्रावण २०७८, आईतवार
गृह सहकुल थापालाई एआइजीपीमा बढुवा गर्ने सरकारको निर्णय
सहकुल थापालाई एआइजीपीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो।


थापालाई मन्त्रीपरिषद्को बैठकले एआईजीपीमा बढुवा गरिए पनि पदस्थापन भने नगरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए।

केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी) को दरबन्दी सृजना गरेको थियो। हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ।

डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर