३ कार्तिक २०७८, बुधबार
गृह एमाले कार्यदलको १० दिनदेखि बैठककाे प्रगति शून्य, बैठक आज पनि बस्दै
एमाले कार्यदलको १० दिनदेखि बैठककाे प्रगति शून्य, बैठक आज पनि बस्दै

काठमाडौं। नेकपा एमाले भित्रको विवाद समाधान गर्न बनेको विवाद समाधान काइृदलको बैठक आजपनि बस्दैछ। बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए।

एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलले पछिल्लो १० दिनमा कुनैपनि खास प्रगती नगरेको खुलासा भएको छ।


बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने विश्वास लिएका थिए।

तर बिहीबार बेलुका बसेको बैठक औपचारिक रुपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहिबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता सदस्य अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरी दुवै पक्षका नेताहरु बाहिरिएका थिए।

यता वार्ता समितिका अर्का सदस्य नेम्वाङले शुक्रबार बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने बताए।

Facebook Comments

हरेक खबर खास खबर