३ कार्तिक २०७८, बुधबार
गृह माओवादी केन्द्र दल दर्ता खारेजी गर्न पूर्व माओवादीका पूर्व नेताहरुको दवाव
माओवादी केन्द्र दल दर्ता खारेजी गर्न पूर्व माओवादीका पूर्व नेताहरुको दवाव

काठमाडौं। नेकपा माओवादी केन्द्र दल दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका रामबहादुर थापासहितका एमाले नेताहरूले प्रमुख निर्वाचन आयुक्तलाई आफूहरूको माग चाँडो कार्यान्वयन गर्न दबाब दिएका छन्।

आज आयोग कार्यालय पुगेका टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर माओवादी केन्द्र दल दर्ता तत्काल खारेज गर्न ताकेता गरेका हुन् ।


नेताहरुले दिएको उजुरीको बिषयमा जानकारि लिन नेताहरु आज निर्वाचन आयोग पुगेका हुन् ।

Facebook Comments

हरेक खबर खास खबर