२० श्रावण २०७८, बुधबार
गृह माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको छः रायमाझी
माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको छः रायमाझी

काठमाडौं। नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउका छन्।

शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेतासहित पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन्।


उहाँले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसम्मत हुनुपर्ने बताए।

देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए।

Facebook Comments

हरेक खबर खास खबर