३ कार्तिक २०७८, बुधबार
गृह जन्मदिनको अवसरमा साउदले मानवसेवा आश्रममा बसेकालाई खुवाए खाना
जन्मदिनको अवसरमा साउदले मानवसेवा आश्रममा बसेकालाई खुवाए खाना

काठमाडौं। मलेसियाको जोहोरबारुमा कार्यरत राज बहादुर साउँदले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम कैलालीका ब्याक्तिहरुलाई खाना खुवाएका छन्।

सुदुर पश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति जोहोरबारु अध्यक्ष र गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रिय समिति जोहोरबारु सचिव समेत रहेका साउँदले आफ्नो २८ औं जन्मदिनको अवसरमा खाना र खाजा खुवाएका हुन्।


डडेल्धुराको परशुराम नगरपालिका वडा नं १० जजोला स्थायी घर भएका साउँद बैदेशिक रोजगारीको शिलसिलामा विगत १० बर्षदेखि मलेसियामा छन्।

आश्रमले साउँदलाई धन्यवाद ज्ञापन गर्दै जन्मदिनको अवसरमा सुस्वास्थ्य र दीघार्युको कामना समेत गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर