१७ श्रावण २०७८, आईतवार
गृह एमाले विवाद सहमति नजिक पुगेको दावी
एमाले विवाद सहमति नजिक पुगेको दावी

काठमाडौं। नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ।

भाषिक लगायतका केही परिर्माजन गरेर भोलि सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए।


एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आज झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो।

कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन्।

यद्यपि दुबै पक्षले थप छलफल गरेर आउने भनेकाले विषय खुलाउन नमिल्ने नेताहरुले बताएका छन्।

भोलि अपरान्ह बस्ने बैठकले सहमतिलाई अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गर्ने कार्यदल सदस्य ज्ञवालीको भनाई छ।

Facebook Comments

हरेक खबर खास खबर