१७ श्रावण २०७८, आईतवार
गृह माधव नेपालको देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र समर्थन यथावत , होलात ए्माले एकिकरण?
माधव नेपालको देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र समर्थन यथावत , होलात ए्माले एकिकरण?

 काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुहरुले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको बताएका छन्।आज विहान आफ्नो धारणा राख्दै नेता नेपालले सर्बोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको दावी जनाएका छन्। एमाले आन्तरिक एकताका लागि गठित कार्यदलले १० बूँदे सहमतिमा हस्ताक्षर गरे पनि त्यसप्रति नेपालले असन्तुष्टि रहेका जनाएका छन्।

शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सन्जालमार्फत बताउका छन्। थपाको सो धारणाप्रति आपत्ती जनाउँदै नेपालले विहानै अभिव्यक्ती जनाएका छन्।


एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु । उनको अभिव्यक्तीमा उल्लेख गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर