२२ मंसिर २०७८, बुधबार
गृह इश्मा गाउँपालिकाका ६१ घरपरिवारलाई मौरीसहितको घार वितरण
इश्मा गाउँपालिकाका ६१ घरपरिवारलाई मौरीसहितको घार वितरण

गुल्मी ।गुल्मी जिल्ला इश्मा गाउँपालिकाका ६१ घरपरिवारलाई मौरीसहितको घार वितरण गरिएको छ। इश्मा गाउँपालिकाका ६१ घरपरिवारलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कार्यक्रममार्फत वडा नम्वर ६ अमरपुरमा रहेका कुमाल समुदायका लागि लोकल कुखुराका चल्ला पनि अनुदानमा वितरण गरिएको छ। उन्ीहरुलाई कुखुराको खोर निर्माण र लोकल कुखुराका चल्ला अनुदानमा वितरण गरिएका छ ।

कार्यक्रमका फोकल पर्सन हरिप्रसाद घिमिरेका अनुसार मुख्यमन्त्री ग्रामीण विकास तथा रोजजगार कार्यक्रममार्फत मौरीसहितको घार वितरण गरिएका हो। अति विपन्न, दलित, आदिवासी जनजाति, अपांगता भएका, महिला र द्वन्द्वपीडितहरुलाई लक्षित गरी पाँच लाख रुपैयाँ बराबरको मौरीसहितको घार वितरण गरिएको घिमिरेले जनाएका छन्। उनीहरुको आय आर्जन बृद्धि गर्न मौरीसहितक घार वितरण गरिएको कार्यक्रमका सहजकर्ता राजन घिमिरेले जनाएका छन् ।


Facebook Comments

हरेक खबर खास खबर