३ कार्तिक २०७८, बुधबार
गृह आफूलाई सशस्त्र प्रहरी भन्दै धम्क्याएर रकम असुल्ने एक नक्कली सशस्त्र पक्राउ
आफूलाई सशस्त्र प्रहरी भन्दै धम्क्याएर रकम असुल्ने एक नक्कली सशस्त्र पक्राउ

मोरङ। आफूलाई सशस्त्र प्रहरी भन्दै धम्क्याएर रकम असुल्ने एक जना पक्रा परेका छन्। रकम असुलेको आरोपमा प्रहरीले सोमबार धनपालथानबाट एक जनालाई पक्राउ गरेको हा्े । सीमाक्षेत्रमा रकम असुलीमा संलग्न रंगेली नगरपालिका–२ का २० वर्षीय मनीष रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसारभारतबाट नेपालमा तस्करी गर्न सघाइदिने भनी रकम उठाउँदै हिँडेका रायलाई सीमा प्रहरी चौकी मायागन्जको टोलीले धनपालथान–३ मायागन्जबाट पक्राउ गरेको हो । रायले सीमा क्षेत्रमा अनेक बहानामा धम्काएर रकम उठाउँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको रके कति रकम कहाँ–कहाँबाट उठाएको हो, अनुसन्धान भइरहेको अनले बताएका छन्।


Facebook Comments

हरेक खबर खास खबर