१७ श्रावण २०७८, आईतवार
गृह बागलुङमा कोरोना सक्रमित बढ्दै सङ्क्रमण दर २४.७ प्रतिशत
बागलुङमा कोरोना सक्रमित बढ्दै सङ्क्रमण दर २४.७ प्रतिशत

बागलुङ । जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ । यसले केही दिन थामिएजस्तो देखिएको सङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९. ०१ प्रतिशत मात्र रहेको छ।

बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गएको छ । गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत रहेका छन्।आइसोलेशनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या देखीएको छ। । दुई साता अघितिर अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ रहेको छ। कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृत्युका घटना पुनः बढेको जनाएका छन्। होम आइसोलेशनमा बसेका सङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृत्यु बढेको उनले बताएका छन्।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कतिपय कोरोनाका बिरामी अक्सिजनको तह घटेर २५÷३० सम्म पुगेपछि बल्ल अस्पताल आउने गरेको जनाए ।स्वास्थ्य गम्भीर बनेपछि मात्र अस्पताल आएकै कारण कतिपय बिरामीलाई हरप्रयास गर्दा पनि बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले जनाएका छन्। निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्र्ने े बताए ।


होम आइसोलेशनमा रहेकालाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेष रुपमा चनाखो बन्न उनले सुझाव दिए । सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल ल्याउँदा कोरोनाको उपचार प्रभावकारी नहुने बताए।

Facebook Comments

हरेक खबर खास खबर