२० श्रावण २०७८, बुधबार
गृह ओलीले बोलाएको स्थायी समितिमा भीम रावल उपस्थित
ओलीले बोलाएको स्थायी समितिमा भीम रावल उपस्थित

काठमाडौं। एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समितिको बैठकमा असन्तुष्ट पक्षका नेताहरु भीम रावल र बामदेव गौतम उपस्थित भएका छन्।

बालुवाटारमा जारी स्थायी समितिको बैठकमा रावल र गौतम उपस्थित भएका हुन्। रावल प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीका चर्को आलोचक हुन्।


सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको परमादेश जारी गरेपछि आपतकालिन रुपमा बसेको स्थायी समितिको बैठकमा रावल उपस्थित भएका हुन्।

तर माधव नेपाल सहितका स्थायी समिति सदस्यहरु भने यो बैठकमा उपस्थित भएका छैनन् ।

Facebook Comments

हरेक खबर खास खबर