१७ मंसिर २०७८, शुक्रबार
गृह बालुवाटार पुगेका भीम रावलले गरे स्थायी कमिटी बैठक बहिष्कार, ‘सहमति पत्र बुझाउन आएको हुँ
बालुवाटार पुगेका भीम रावलले गरे स्थायी कमिटी बैठक बहिष्कार, ‘सहमति पत्र बुझाउन आएको हुँ

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावल स्थायी कमिटीको बैठकमा सहभागी नभएरै निस्किएका छन्। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक बसिरहेको भए पनि रावल भने सहभागी नभएरै निस्किएका हुन्।

आफू कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्र हस्तान्तरण गर्न आएकाले बैठकमा सहभागी नभएको रावलले बताए। ‘अध्यक्षलाई सहमति पत्र हस्तान्तरण गर्न आएको थिएँ, अब म आफ्नो गन्तव्यतिर लाग्दै छु,’ रावलले भने।


उनले आफू बैठकमा सहभागी हुन नआएकाले बैठकबारे कुनै जानकारी नभएको बताए। उनले ओलीलाई भेटेर सहमति अनुसार एमालेको एकता कायम राख्न आग्रह गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर