२० श्रावण २०७८, बुधबार
गृह विपक्षी गठबन्धनबाट अलग हुने माधवकमार नेपालको संकेत
विपक्षी गठबन्धनबाट अलग हुने माधवकमार नेपालको संकेत

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गरेका छन्।

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने फैसला सुनाएपछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको जानकारी दिएका हुन्।


कोटेश्वरमा आफ्नो निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको बैठकमा एमाले नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘कार्यदल स्तरमा एउटा सहमति पनि भएको छ। अब त्यसलाई उहाँहरुले कुन ढंगले लागू गर्न हुन्छ हेर्नुपर्छ।’

Facebook Comments

हरेक खबर खास खबर