३ कार्तिक २०७८, बुधबार
गृह निस्दी गाउँपालिका ४ मित्यालका वडाअध्यक्षको उपचारका क्रममा मृत्यु
निस्दी गाउँपालिका ४ मित्यालका वडाअध्यक्षको उपचारका क्रममा मृत्यु

तानसेन । निस्दी गाउँपालिका ४ मित्यालका वडाका ५२ वर्षीय अध्यक्ष न्योबहादुर सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन मृत्यु भएको छ।

साथै मृतक सुनारीको आजै रामपुर कालीगण्डकी घाटमा दाहसंस्कार गरिने परिवारले बताएको छ। वडा अध्यक्ष सुनारीका श्रीमती, एक छोरी दुई छोरी रहेका छन्। अध्यक्ष सुनारीलाई स्वास फेर्न गार्हो भइ कमजोरी महशुस गरेपछि सोमबार मात्र उपचारकि लागी अस्पताल भर्ना गरिएको थियो । वडा अध्यक्ष सुनारी २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।


Facebook Comments

हरेक खबर खास खबर