२० श्रावण २०७८, बुधबार
गृह माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारीः माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारीः माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने

काठमाडौं। माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारीरहेको छ। बैठकमा सरकारमा सहभागिता हुनेबारे छलफल भईरहेको छ। मुलुकमा विकसित घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको हो ।

आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना रहेको स्रोतले जनाउको छ। माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा रहेको छ।


Facebook Comments

हरेक खबर खास खबर