१७ श्रावण २०७८, आईतवार
गृह मन्त्री छनोटमा देउवा र प्रचण्ड छलफल गदैं
मन्त्री छनोटमा देउवा र प्रचण्ड छलफल गदैं

काठमाडौं । सरकारमा सहभागिता, सरकार सञ्चालन लगायका विषयमा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवासँग बीच छलफल भईरहेको छ । छलफल गरेपछि माओवादी केन्द्रले मन्त्री छान्ने तयारी रहेको छ।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भावी प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् गठन, सरकार सञ्चालनको विधि लगायका बारेमा तुरुन्तै छलफल गर्ने जनाएका छन्।

प्रवक्ता श्रेष्ठका अनुसार आज नै प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त हुने र मन्त्रिपरिषद् गठन गर्ने सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयमा प्रारम्भि छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठन अघि बढ्ने भएको छ। आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कुन–कुन पार्टी सहभागी हुने भन्ने बारेमा पहिला टुंगोमा पुग्न आवश्यक रहेको प्रवक्ता श्रेष्ठले बताएका छन्।


Facebook Comments

हरेक खबर खास खबर