२० श्रावण २०७८, बुधबार
गृह ताजाँकोट गाउँपालिकाका महिला स्वयंसेविकालाई सम्मान
ताजाँकोट गाउँपालिकाका महिला स्वयंसेविकालाई सम्मान

हुम्ला। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वयंसेविकालाई सम्मान गरिएको छ। लामो समयदेखि गाउँपालिकामा सेवारत उनीहरुलाई प्रोत्साहन भत्ता रु १० हजार सहित सम्मान गरिएको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले २० जना स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको बताएका छन्। साथै नयाँ स्वयंसेविकालाई नियुक्त गरिने बताएका छन्।


Facebook Comments

हरेक खबर खास खबर