१७ श्रावण २०७८, आईतवार
गृह महोत्तरीमा  सेनाका जवानले आफैले आफैलाई गोली हानी आत्महत्या
महोत्तरीमा  सेनाका जवानले आफैले आफैलाई गोली हानी आत्महत्या

महोत्तरी । महोत्तरीमा एक जना सेनाका जवानले आफैले आफैलाई गोली हानी आत्महत्या गरेको छन्।रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी)प्रकाश बिष्टले बताएका छन्।

रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको प्रहरीले बताएका छन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यलका अनुसार बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथी गृहसँगैको कोतमा घटना भएको हो।उनले मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम, ठेगाना सार्वजनिक गर्ने जनाएका छन्।


Facebook Comments

हरेक खबर खास खबर