१७ श्रावण २०७८, आईतवार
गृह नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकमा पार्टी भित्रको आन्तरिक विवाद तथा कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा समीक्षा हुने जनाईएको छ।

अपरान्हसम्म पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय निर्धारण नभएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । माधवकुमार नेपालन पक्षका सांसदहरुको सहयोगमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि सो विषयमा पार्टीभित्र समीक्षा हुने नेता तामाङले जनाएका छन्।


Facebook Comments

हरेक खबर खास खबर