३ कार्तिक २०७८, बुधबार
गृह अदालतकी कर्मचारीको हत्या आरोपमा न्यायाधीशका सुरक्षागार्ड नेपाल प्रहरीका असइ पक्राउ
अदालतकी कर्मचारीको हत्या आरोपमा न्यायाधीशका सुरक्षागार्ड नेपाल प्रहरीका असइ पक्राउ

इलाम । इलामस्थित उच्च अदालत विराटनगरको ‘इलाम इजलास’मा कार्यरत महिला कर्मचारीको हत्या आरोपमा हरीलाई पक्राउ गरेको छ।हत्या आरोपमा न्यायाधीशका सुरक्षागार्ड पक्राउ परेका हुन्। पक्राउ परेका ३५ वर्षीय युवराज बानियाँ नेपाल प्रहरीका असइ रहेका छन्।

अदालतकी कर्मचारी विमलाकुमारी पराजुलीको हत्या गरेको आरोपमा बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । अदालतमा कार्यालय सहयोगीका रूपमा कार्यरत पराजुली सोमबार बिहान कार्यालय परिसरमै मृत फेला परेकी थिईन ।बानियाँले पराजुलीको हत्या गरेको स्विकारेका प्रहरीले जनाएका छा्।आइतबार साँझ दुई जनाबीच विवाद भएको र त्यही क्रममा घाँटी थिचेर हत्या गरेको खुलेको जनाईएको छ।


Facebook Comments

हरेक खबर खास खबर