२२ मंसिर २०७८, बुधबार
गृह अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक अबरुद्ध
अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक अबरुद्ध

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक अबरुद्ध भएको छ। शितगंगा नगरपालिका १२ को बसेरी जङ्गलमा गएको पहिरोको कारण आज बिहीवार बिहानदेखि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएका हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मर थापाले सडक अबरुद्ध भएको जनाएका छन् ।

सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने रउ बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन्। सडक सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको इलाका प्रहरी कार्यालय ठाडले बताएका छन्।


Facebook Comments

हरेक खबर खास खबर