३ कार्तिक २०७८, बुधबार
गृह सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका अभियुक्त ३५ बर्ष यसरि परे पक्राउ
सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका अभियुक्त ३५ बर्ष यसरि परे पक्राउ

काठमाडौं। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका एक अभियुक्त साढे ३ दशकपछि पक्राउ परेका छन्। अदालतबाट जन्मकैद सजाय पाएका सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादवलाई ३५ वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको छ।२०३८ सालमा आफ्नै गाउँका सुकना यादवको हत्याको आरोपमा उनलाई सजाय सुनाईएको थियो। अहिले विकरु यादव ७० वर्षका भएका छन्।

बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोलीले विकरुलाई खेतमा काम गरिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको थिए। धनुषा प्रहरीले उनलाई अदालतमा बुझाएपछि झुम्का कारागार पठाइने तयारीमा रहेको प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताएका छन्।


Facebook Comments

हरेक खबर खास खबर